`सम्बोधन` क्विज : सहित उत्तर पत्ता लगाउनुस् मोबाईल जित्नुस्

फिल्म 'सम्बोधन'को केहि दिन अगाडी फस्टलुक पोस्टर रिलिज भयो । यस अघि 'होस्टल' फिल्म निर्देशन गरेका हेमराज बिसीको 'सम्बोधन' पोस्टरलाई धेरैले रूचाए । यहि फस्टलुक पोस्टरमा केहि लुकेको छ जुन पत्ता लगाउनेलाई फिल्म निर्माण युनिटले आकर्षक उपहार प्रदान गर्ने भएको छ । सार्वजनिक पोस्टरमा के छ रहस्य ? पोस्टरलाई ध्यान दिएर हेर्नुस् अनि जित्नु आकर्षक मोबाईल र प्रिमियरको टिकट । निर्माता सरोज न्यौपानेले सहि उत्तर पठाउने मध्ये एक जनालाई मोबाईल र दुई जोडीलाई प्रिमियरको टिकट उपलब्ध गराउने बताए । आफूलाई लागेको सहि उत्तर तलको कमेन्ट बक्स या फिल्मीखबर र 'सम्बोधन' फिल्मको फेसबुक पेजमा गएर म्यासेज या कमेन्ट गर्न सकिनेछ ।

भाद्र ६ गते रिलिज हुने यो फिल्ममा नेपालमा हुने भ्रष्टचारको बिषयलाई उठान गरिएको छ । थ्रीलर जनराको यो फिल्ममा ओफामा पपुलर अभिनेताको अवार्ड पाएका दयाहाङ राई, नम्रता श्रेष्ठ, प्रशान्त ताम्राकार र विनय भट्टको मुख्य भूमिका छ । सरोज न्यौपानेको प्रस्तुतीमा निर्माण भएको यो फिल्मको निर्देशकको हेमराजले नै लेखेका हुन् । फिल्ममा बिष्णु लामाको पनि लगानी छ ।

No comments:

Post a Comment

Filmy Khabar Designed by Templateism.com Copyright © 2014

Theme images by Bim. Powered by Blogger.