मुटुमा समस्या आएपछि हस्पिटलको सिसियु कक्षमा रहेका नीर शाहको स्वास्थ्य
अवस्थामा खासै सुधार देखिएको छैन । शाह पारिवारका निकट सदस्य कला निर्देशक
निर्जल श्रेष्ठले डाक्टरहरुले साँझ अक्सिजन माक्स झिक्ने प्रयाश गरेपनि सो
प्रक्रिया असफल भएको बताए ।
सिसियू कक्षको भेन्टिलेटरबाट शाहलाई मुक्त गरिएको छ तर अक्सिजन विना
श्वास प्रश्वास गर्न नसकेपछि डाक्टरहरुले माक्स झिक्न नसकेका हुन् ।
बाँसबारी स्थित शहीद गंगालाल हृदय रोग केन्द्रमा स्वास्थ्य उपचार गरिरहेका
शाहको स्वास्थ्य लाभ गर्न दर्जनौं फिल्मकर्मी अस्पताल पुगेका थिए ।
यसरी भयो शाहको यो अवस्था
श्रीमती उषा शाहका अनुसार हिजो शनिबार बिहान ११ बजे राम्रोसंग खाना खाएका
शाहको पेटमा केही दिनदेखि समस्या देखिएको थियो । 'पेट फुल्यो भनेर केही
दिनदेखि भनिराख्नु भएको थियो । हिजो पनि खाना खाँदा त्यस्तै भनिबक्सेको
थियो । त्यसपछि उहाँलाई श्वास फेर्न अचानक अप्ठयारो भएपछि यस्तो भयो',
उषाले भनिन् ।
फिल्म नगरीका एक खम्बाको रूपमा चिनिएका बरिष्ठ फिल्मकर्मी शाहको यो
अवस्था आएपछि सम्पूर्ण उद्योगमा सन्नाटा छाएको छ । चिन्तित रहेका सम्पूर्ण
फिल्मकर्मीले शाहको स्वास्थ्य लाभको कामना गरेका छन् । यस्तै
शुभचिन्तकहरूले पनि सामाजिक संजाल मार्फत स्वास्थ्य लाभको कामना गरिरहेका
छन् ।

No comments:
Post a Comment