यादव खरेललाई दीर्घ साधना सम्मान


वरिष्ठ फिल्मकर्मी यादव खरेललाई राष्ट्रिय चलचित्र पुरस्कार अर्न्तगतको दीर्घ साधना सम्मानबाट सम्मानित गरिने भएको छ । आज सोमबार साढे चार बजेदेखि राष्ट्रपति भवन शितल निवासमा आयोजना हुने उक्त अवार्डमा खरेललाई तीन लाख ५१ हजार १ सय एघार नगद रुपैयाँ सहित सम्मान गरिदैंछ ।

हाल अस्वस्थ अवस्थामा रहेका अर्का वरिष्ठ फिल्मकर्मी निर शाह र यादव खरेलबिच ‘दिर्घ साधना सम्मान’ पुरस्कारमा प्रतिस्पर्धा थियो । अन्तिम समयमा आएर खरेललाई उक्त सम्मान दिइएने निर्णय गरिएको हो । आदिकवि भानुभक्त, प्रेमपिण्ड, श्री स्वस्थानी, चेलीबेटी, लोभीपापी जस्ता फिल्म निर्देशन गरेका खरेल साहित्यकर्मीका रूपमा पनि चिनिन्छन् । उनी चलचित्र विकास बोर्डका पहिलो अध्यक्ष समेत हुन् ।

पहिलो पटक राष्ट्रपतिद्धारा वितरण गर्न लागिएको राष्ट्रिय चलचित्र अवार्डमा ३ सय २३ जनालाई निमन्त्रणा दिइएको छ । सवा चार बजेसम्म निमन्त्रणा कार्ड लिएर राष्ट्रपति भवन प्रवेश गरिसक्नु पर्नेछ । चार बर्षको एकै पटक वितरण गर्न लागिएको राष्ट्रिय चलचित्र अवार्ड गणतन्त्र दिवस कार्यक्रम भएको भवनमा आयोजना हुँदैछ ।

No comments:

Post a Comment

Filmy Khabar Designed by Templateism.com Copyright © 2014

Theme images by Bim. Powered by Blogger.