`आबेग`मा छुन चाहन्छिन् मिलन (भिडियो हेर्नुस्)



गायिका मिलन अमात्यको चर्चा चुलिंदो छ । दिनप्रति दिन उनको व्यस्ततासँगै सफलता पनि उक्लिंदो छ । यिनै सफल गायिकालाई लिएर निर्देशक बसन्त निरौलाले गीत रेकर्डिङ गराएका छन् ।
‘विजयपथ’ र ‘राजनीति’ जस्ता फिल्म निर्देशन गरेका निरौलाले 'आबेग’ नामक फिल्म निर्देशन गर्ने तयारी गरेका छन् । यहि फिल्ममा गायिका अमात्यले सूर्य कार्कीको शब्दमा तयार भएको गीत ‘चाहे मार या बचाउ’मा आफ्नो आवाज दिईन् । गीतमा धिरज श्रेष्ठले संगीत दिएका छन् ।
यमन म्यूजिक र वी।एन फिल्मस्को प्रस्तुतीमा बन्न लागेको 'आबेग'का सबै कलाकार पक्का भैसकेका छैनन् । केही दिनमा कलाकार समेत पक्का गर्ने निर्माणपक्षले जानकारी गरायो । साउन १५ गतेबाट शुरू हुने फिल्मको छायांकन काठमाण्डौसँगै मुस्ताङ र सिक्किममा हुनेछ । 

No comments:

Post a Comment

Filmy Khabar Designed by Templateism.com Copyright © 2014

Theme images by Bim. Powered by Blogger.