म नै हो गडफादर` : बिराज भट्ट

फिल्म क्षेत्रमा आउनु अघिनै विराज भट्ट बिवाह बन्धनमा बाधिएका थिए । कलिउडमा जव उनी हिरोको रुपमा उदाए त्यो दिन देखि आज सम्म उनी स्टारको रुपमा परिचित छन् । पछिल्लो समय नेपाली फिल्म न्यून मात्रामा खेल्न थालेका उनी बिहारका दर्शकमाझ लोकप्रिय पनि भईरहेका छन् । भोजपुरी फिल्ममा एक्कासी ब्रेक पाएपछि उनी नेपालका स्टार मात्र हैन अहिले उताको मार्केटमा पनि त्यतिकै बिकाऊ भएर देखा परेका छन् । एक हप्ताको लागि नेपाल आएका बेला भक्तपुर बालकोट स्थित उनकै निवासमा अनुप भट्टराईले उनीसंग एक्सक्लुसिभ कुराकानी गरेका छन् ।   

आराम हुनुहुन्छ ?
अँ, ठीक छु ।

कति दिन भो नेपाल आउनु भएको ?
६–७ दिन भयो ।

बीच–बीचमा आई राख्नुहुन्छ है तपाई भाउजुलाई भेट्न ?
हो, बच्चा पनि छ त्यसकारण । र, अर्को कुरा आफ्नो देशको माटो धरै कुराहरु छन् ।

फ्यामेलीमा कति जना हुनुहुन्छ ?
दुई वटा छोरा, वाईफ अनि म ।

छोराहरु कति–कति बर्षका भए ?
एउटा सात–आठ बर्षको सानो छ अर्को दशमा पढ्ने मै जत्रो छ तपाईले देख्नु भो भने आत्तिनु हुन्छ ।

छोरीको रहर हुन्छ होला नि हैन ?
त्यस्तो लागेन कहिले पनि । बरु वाईफलाई चाहि हुनसक्छ । म त दुई छोरामै सन्तुष्ट छु ।

बिहे गरेको चाहि कति बर्ष भो नि ?
म फिल्म लाईनमा आउनु अघि नै हो । जतिबेला म स्ट्रगलको पिरियडमा थिए ।

No comments:

Post a Comment

Filmy Khabar Designed by Templateism.com Copyright © 2014

Theme images by Bim. Powered by Blogger.