पोखरेलीको `गन्तव्य`

पोखरेली रंगमञ्चमा नाटक निर्देशकको रुपमा लामो समयदेखि क्रियाशिल कृष्ण उदासी फिल्म निर्देशनतर्फ फर्किएका छन् । उनैले निर्देशन गर्ने फिल्म ‘गन्तव्य’को सोमबारदेखि सुटिङ शुरु भएको छ । नाटकमा बढि समय दिईरहेका उदासी फिल्मी निर्देशनमा १४ वर्षपछि पुनः फर्किएका हुन् । 
 
लामो समय पछि फिल्म निर्देशनमा आएका उदासीले यस अघि 'अँध्यारो बस्ती', 'आजको पोखरा', 'कहिं हार कहिं जीत' जस्ता फिल्म तथा टेलिफिल्मको निर्देशन गरिसकेका छन् । ‘लामो समय पछि फिल्म निर्देशनमा फर्किएको छु,’ उनले भने- ‘नयाँ पुस्ता र प्रविधिसंग काम गर्दा केहि चुनौती भएपनि कामलाई उत्कृष्ट बनाउने छु ।'
 
उदासीले गत वर्ष मात्रै 'अन्तराष्ट्रिय रक्सी भट्टी' नाटकको निर्देशन गरेर चर्चा पाएका थिए । काठमाण्डौमा समेत निकै रुचाईएको नाटक यूथ क्रियशन थिएटरले एक दशक पश्चात उनकै निर्देशनमा मञ्चन गरेको थियो । 
 
सोमबारदेखि छायाँकन शुरु भएको फिल्म ‘गन्तव्य’ मसला फिल्म भएको उदासीले बताए । फिल्मको लेखन पनि उनैले गरेका हुन् । फिल्ममा कमल भण्डारी, गोविन्द मल्ल, प्रभा शर्मा, पूर्ण जिसी, राजेन्द्र अधिकारी, घनश्याम लामिछाने, अनिल शाही, माधवी भण्डारी, अन्वास अली, अम्विका भण्डारी, मनिष पुरी, सन्देश श्रेष्ठ, जुना थापा लगाएतका कलाकारहरुले अभिनय गर्दैछन् । 
 
सुवर्णकुमारी शाही, लक्ष्मी हमाल, वलबहादुर शाही, शंकर मल्ल ठकुरीको निर्माता रहेको फिल्म एक महिनामा छायाँकन सकिने लक्ष्यसहित फ्लोरमा गएको निर्माणपक्षले जानकारी दिएको छ । फिल्ममा कविराज गहतराजले कोरियोग्राफि गर्दैछन् भने संगीत योगेश काजीले दिएका छन् । गणेश श्रेष्ठले खिच्ने फिल्ममा द्वन्द निर्देशन रोशन श्रेष्ठले गर्दैछन् । फिल्मको मुख्य सहायक निर्देशन सत्यराज चौलागाईले गर्दैछन् । 
 
चारवटा गीत समावेश गरिएको फिल्ममा शिव परियार, सीतल सिवानी मोक्तान, राज सिग्देल र योगेश काजीको स्वर रहेको छ । फिल्म ४५ लाख रुपैँयामा निर्माण पुरा हुने निर्माणपक्षको दाबी छ ।

No comments:

Post a Comment

Filmy Khabar Designed by Templateism.com Copyright © 2014

Theme images by Bim. Powered by Blogger.